म्याग्दी जेसीजद्धारा भर्चुअल माध्ययमबाट स्थापना दिवस मनाउन सुरु

  • ११ जेष्ठ २०७८, मंगलवार
  • 991 पटक पढिएको

म्याग्दी ११ जेठ । युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा क्रियाशिल म्याग्दी जेसीजको २३ औँ स्थापना दिवसको अवसरमा ‘जेसीज सप्ताह –२०२१ मनाउन सुरु गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणको अवस्थालाई मध्यनजर गर्दै म्याग्दी जेसीजको सप्ताहव्यापी कार्यक्रमलाई भर्चुअल माध्ययम मार्फत सम्पन्न गर्ने गरि सुरुवात गरिएको हो ।

सप्ताहको मंगलवार नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले उद्घाटन गर्नुभएको छ । ‘ म, मास्क र म्यासेज’ कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष खनालले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना अभिबृद्धि गराउन यस कार्यक्रमले सघाउने बताउनुभयो । उहाँले मानव र भाइरसबिचको अहिले लडाई विश्वयुद्धकै जस्तै अवस्थामा देखिएको बताउँदै विश्वभरका मानवहरुले व्यक्तिगत जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र गराउने काममा अग्रसर भएमा कोरोना भाइरस संगको लडाईमा जित हाँसिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, राष्ट्रिय उपाध्यक्ष सुनिल तिमल्सीना, म्याग्दी जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष बिजयकुमार श्रेष्ठले स्थापना दिवसको अवसरमा कोरोनाको महामारीका बिचमा पनि प्रविधिको उपयोग गरि रचनात्मक कार्यक्रमहरु आयोजना गर्नु सकरात्मक रहेकोमा जोड दिनुभयो । शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता र महासचिब दिनेशकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् म्याग्दी शाखाका निवर्तमान अध्यक्ष सुजन बरुवालले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मातृशाखा बागलुङका अध्यक्ष आनन्द रेग्मीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संयोजक अनिल पौडेलले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने मुल संयोजक सन्दिप खत्रीले सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम पश्चात कोरोना भाइरसबाट बच्न र बचाउनका लागि मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने सन्देश दिन सामाजि सञ्जालमा मास्क सहितका तस्बिर मार्फत प्रचार प्रसार समेत गरिएको शाखा अध्यष श्रेष्ठले बताउनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भर्चुअल माध्ययम मार्फत नै सात दिनका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल जेसीजमा महिला नेतृत्व : हिजो, आज र भोली, कोभिड–१९ र म्याग्दी, तस्बिरमा म्याग्दी, स्वास्थ्य सामाग्री हस्तान्तरण, शेयरबजार शिक्षा र जेसीजमा हामी लगायतका कार्यक्रमहरु समावेश गरिएको जेसीज सप्ताहका मुल संयोजक खत्रीले जानकारी दिनुभयो ।