म्याग्दीमा थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि,११० जना संक्रमित निको भए

  • ६ जेष्ठ २०७८, बिहीबार
  • 1395 पटक पढिएको

म्याग्दी ६ जेठ।   म्याग्दीमा  विहिवार ( आज )थप ९० जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) पहिचान भएकाे स्वनस्थ्य कार्यालय म्याग्दीका प्रमुख  एकनारायण लम्सालले जानकारि दिनुभयाे ।    त्यसैगरि  बेनि नगरपालिकामा ६ जना , मंगलामा गाँउपालिकामा २ जना, अन्नपुर्ण गाँउपालिकामा १५ जना धवलागिरी गाउँपालिकामा ९ र रघुगंगामा गाँउपालिकामा १० जना गरी जम्मा ४२ जना (एन्टिजेन बिधिबाट) रहेका छन् ।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ११५६ जना पुगेको छ( पिसिआरबाट ९३१ जना र एन्टिजेनबाट २२५)। आज ११० जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ भने जिल्लामा ४२१ जना सक्रिय संक्रमित हुनुहुन्छ।अहिले सम्ममा अब ७४८ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।