म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रम‌णको पुष्टि

  • ५ जेष्ठ २०७८, बुधबार
  • 917 पटक पढिएको

म्याग्दी ५ जेठ ।  म्याग्दीमा आज थप ७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धौलागिरि गाँउपालिकामा ९ जना र जलजलामा २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा १ जना , मंगलामा गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १६ जना र रघुगंगामा गाँउपालिकामा १८ जना गरी जम्मा ३६ जना (एन्टिजेन बिधिबाट) रहेका छन् ।           
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १०६६ जना पुगेको छ( पिसिआरबाट ८८३ जना र एन्टिजेनबाट १८३)। आज २९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ भने जिल्लामा ४५० जना सक्रिय संक्रमित हुनुहुन्छ।अहिले सम्ममा अब ८१३ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास््थ्य कार्यालयले जनाएकाे छ ।