गाउँपालिकाका कर्मचारी भण्डारीद्धारा कोरोना रोकथाम र उपचारमा रु ५० हजार सहयोग

  • ५ जेष्ठ २०७८, बुधबार
  • 1238 पटक पढिएको

म्याग्दी ५ जेठ ।म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवतिका पदम भण्डारीले कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा नगद रु ५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाको प्रशासन शाखा प्रमुख (अधिकृत छैटौँ) मा कार्यरत रहनुभएका भण्डारीले उक्त सहयोग प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र लेखा अधिकृत खगराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।


भण्डारीबाट प्राप्त भएको सहयोग रकमलाई गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा परिचालन गर्ने गरि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको प्रमुख प्रशासयिक अधिकृत सुवेदीले जानकारी दिनुभयो । कोरोना महामारी सरकारको मात्रै एकल प्रयासमा नियन्त्रण, रोकथाम सम्भव नहुने र सबै क्षेत्रको सहयोग आबश्यक पर्ने भएकाले आफ्नो तर्फबाट समेत सहयोग गरेको सहयोगदाता भण्डारीले बताउनुभयो ।


रघुगंगा गाउँपालिकाले सहयोगलाई एकद्धारा प्रणली मार्फत परिचालन गर्ने गरि ‘रघुगंगा गाउँपालिका प्रकोप व्यवस्थापन कोष’ को खाता नम्बर १६३०११००२३०००१७८ मा सहयोग जम्मा गर्न सक्ने गरि सहयोगको आह्वान गरेको छ । सहयोगदाता भण्डारीले मंगलवार बेनी अस्पताललाई समेत करिब एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको थियो । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन भण्डारीले सर्जिकल ग्लोब्स २५०० पिस,पल्स अक्सिमिटर १ वटा र अक्सिजन फलोमिटर ३ पिस मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र प्रमुख डाक्टर जितेन्द्र कँडेललाई सहयोगदाता भण्डारीका छोरी चन्द्रप्रभा भण्डारीले हस्तान्तरण गर्नुभएको हो ।