भण्डारीद्धारा बेनी अस्पताललाई एकलाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

  • ५ जेष्ठ २०७८, बुधबार
  • 946 पटक पढिएको

म्याग्दी ५ जेठ । म्याग्दीकाे  रघुगंगा गाउँपालिका २ राखु भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई करिब एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन भण्डारीले सर्जिकल ग्लोब्स २५०० पिस,पल्स अक्सिमिटर १ वटा र अक्सिजन फलोमिटर ३ पिस मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र प्रमुख डाक्टर जितेन्द्र कँडेललाई सहयोगदाता भण्डारीका छोरी चन्द्रप्रभा भण्डारीले हस्तान्तरण गर्नुभएको हो ।


रघुगंगा गाउँपालिकाका कर्मचारी समेत रहनुभएका भण्डारीले कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन अस्पताललाई उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको बताउनुभयो । भण्डारीले प्रदान गरेको स्वास्थ्य सामाग्रीले संक्रमित विरामीलाई उपचारमा सहयोग पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो । कोरोनाका विरामीहरुको उपचारमा नागरिक स्तरबाट पछिल्लो समय सहयोग जुट्न थालेको छ ।