युवा संघको स्थापना दिवसमा स्वास्थ्य सामाग्री सहयोग

  • १ जेष्ठ २०७८, शनिबार
  • 1088 पटक पढिएको

म्याग्दी १ जेठ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष रमेश गुरुङले  रु १० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।

संघको ३१ औँ स्थापना दिवसको अवसरमा शनिवार गाउँपालिकाले पिप्लेमा सञ्चालन गरेको कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मि र कोरोना संक्रमित विरामीको सुविधाको लागि फेस शिल्ड, सेनिटाईजर, ग्लोब्स, मास्क,डिजिटल थर्ममिटर लगायतका स्वास्थ्य सामाग्री गरिएको हो ।

उक्त सामाग्री अध्यक्ष गुरुङले स्वास्थ्यकर्मी उशा साहिलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले कोरोना कहरका समयमा संघले आपतकालिन सेवा र जनचेतना अभिवृद्धिमा समेत सरोकारवालासंग सहकार्य गरिरहेको जानकारी दिनुभयो ।