बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरूषको निधन

  • २९ बैशाख २०७८, बुधबार
  • 1594 पटक पढिएको

म्याग्दी २९ बैैशाख । बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित एक पुरूषको बुधवार दिउँसो निधन भएको छ । उहाँको बुधवार विहान एन्टिजन पोजेटिभ आएको थियो । बेनी नगरपालिका ५ का  ४१ वर्षिय पुरूषलाई स्वासप्रस्वासमा समस्या भएपछि मंगलबार राति उपचारका लागि अस्पतालमा ल्याईएको थियो ।


हाईफ्लो अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । कोरोना संक्रमणले सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्न आएकाले बचाउन अनेक प्रयास गर्दा पनि नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो । बुधबार मात्रै पोखरामा उपचारत रघुगंगाकि एक महिला र मंगलाको एक पुरूषको निधन भएको थियो । आजै मात्र म्याग्दीमा तीन जना कोरोना संक्रमितको निधन भएको छ ।