बेनी बजारमा लोकपप गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • २८ बैशाख २०७८, मंगलवार
  • 2999 पटक पढिएको

म्याग्दी २८ वैशाख । म्याग्देली कलाकार राजिन भण्डारीले लोकपप गीत ‘बेनी बजारमा’ लाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । युटुब च्यानल मार्फत सार्वजनिक गरिएको बेनी बजारमा बोलको गीतमा मायाँ र प्रेमको कथालाई समेटिएको छ । गीतमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।

गायक र मोडल भण्डारीद्धय दाजु बहिनी हुन् । पछिल्लो समय गायन क्षेत्रमा राजिन क्रियाशिल छन भने रविनाले दर्जनौँ म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छन् । उनी पछिल्लो समयमा व्यस्त मोडलमा परिचित छिन् ।

गीतको लय र संगीत समेत गायक भण्डारीकै रहेको छ भने गोपाल रसाईलीले एरेन्ज गरेका हुन् । राम केसीको छायांकन र माधव श्रेष्ठको निर्देशनमा म्युजिक भिडियो तयार गरिएको हो । म्युजिक भिडियो बेनी बजारमै छायाँकन गरिएको हो ।