बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको मृत्यु

  • २८ बैशाख २०७८, मंगलवार
  • 1274 पटक पढिएको

म्याग्दी २८ बैशाख । म्याग्दीको बेनी अस्पतालमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बेनी नगरपालिका ८ बस्ने ६० वर्षिय पुरूषको मंगलबार विहान अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

बेनीअस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालका अनुसार, कोरोना पोजेटिभ भएपछि होम आईशोलेसनमा बसेका उनमा स्वासप्रस्वासमा समस्या भएपछि आईतबार राति अस्पतालमा ल्याईएको थियो । अक्सीजन दिएर उपचार गरिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ ।