म्याग्दीमा शुक्रवार थप ७० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

  • २४ बैशाख २०७८, शुक्रबार
  • 1564 पटक पढिएको

म्याग्दी २४ वैशाख । म्याग्दीमा शुक्रवार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । बेनी नगरपालिका –२ का ७३ बर्षिय पुरुषको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको उहाँमा स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारको लागि पोखरा पु¥याईएको थियो । यसैबिच शुक्रवार म्याग्दीमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

वैशाख २१ र २२ गते पिसीआरका लागि संकलन गरिएको ९१ नमुनामा बेनी नगरपालिकामा ३२, रघुगंगा गाउँपालिकामा ४, मंगला गाउँपालिकामा १०, धवलागिरि गाउँपालिकामा २ र अन्य जिल्लाका १५ जना गरि ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्याृलय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, धवलागिरि गाउँपालिकामा एन्टिेजेन परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दीमा हालसम्म पिसीआर बिधिबाट ४६५ जनना र एन्टिजेनबाट ३३ जना गरि जम्मा ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल जिल्लामा १५७ जना सक्रिय संक्रमित रहेका छन् ।