धौलागिरी हिमालको आधारशिविर पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

  • २३ बैशाख २०७८, बिहीबार
  • 1360 पटक पढिएको

म्याग्दी २३ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालमा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आधार शिविरमा पुगेपछि भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि काठमाडौं ल्याइएका चार शेर्पामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।


चारजनामा भाइरस पुष्टि भएपछि थप नौ पर्वतारोहीलाई आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुयभो । धौलागिरिमा आरोहणका लागि यतिबेला ठुलै संख्यामा आरोहीहरु पुगेका छन् । अधिकाँश आरोही हेलिकप्टर मार्फत आधार शिविर पुगेका हुन् ।

मौसममा खराबी आएपछि अधिकाँश आरोहीले हेलिकप्टर मार्फत फर्कन समेत थालेको जनाइएको छ । सगरमाथा आधार शिविरमा यसैसाता १७ आरोहीमा भाइरस पुष्टि भएको बीबीसीले उल्लेख गरेको थियो । तर, पर्यटन विभागले अहिलेसम्म कुनैपनि नेपाली हिमालहरुमा भाइरस नपुगेको दाबी गरेको छ । नेपाल प्रेसको सहयोगमा