म्याग्दीका कोरोना शंकास्पद युवाको धौलागिरी अस्पतालमा मृत्यु

  • २३ बैशाख २०७८, बिहीबार
  • 1183 पटक पढिएको

म्याग्दी २३ वैशाख । कोरोनाको लक्षणसहित धौलागिरी अस्पताल बागलुङमा उपचाररत म्याग्दीका एक पुरुषको मृत्यु भएको छ । गयराती स्वास्थ्यमा समस्या देखिएको र कोरोनाको लक्षण देखिएका २२ बर्षिय युवालाई बेनीबाट बागलुङ पु¥याएर धौलागिरि अस्पतालमा भर्ना गरिउपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना हुनुभएका म्याग्दीको बेनी नगरपालिका–१ का बस्ने ति पुरुषले बेनीमा होटलमा काम गर्दै आएका थिए । भर्ना लगत्तै आइसियुमा उपचार भइरहेको र कोरोना परिक्षणका लागि स्वाब परिक्षण गर्ने अस्पतालको तयारी रहदै गर्दा निधन भएको अस्पतालले जनाएको छ ।