म्याग्दीमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

  • २१ बैशाख २०७८, मंगलवार
  • 1115 पटक पढिएको

म्याग्दी २१ वैशाख । म्याग्दीमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । सोमबार सम्म जिल्लामा ७३ जना सक्रिय कोरोना संक्रमित रहेकोमा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।


कोरोनाको लक्षण देखिएका ४२ जनाको बेनी अस्पताल परिसरमा संकलन गरिएको स्वाब परिक्षणको क्रममा २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, संक्रमितमध्ये बेनी नगरपालिकामा सबैभन्दा धेरै १७ जना रहेका छन् । त्यसैगरि मंगला, रघुगंगा र मालिका गाउँपालिकामा १÷१ जना, धवलागिरि गाउँपालिकामा ४ जना र अन्य जिल्लाका ५ जना रहेका छन् । म्याग्दीमा हालसम्म कोरोना संक्रमितको सख्ंया ३४९ पुगेको छ ।