प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा

  • ६ बैशाख २०७८, सोमबार
  • 1194 पटक पढिएको

काठमाण्डौ ६ वैशाख । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ले सोमबार नै संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो ।

राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’