म्याग्दीको चिनारी समेटिएको म्याग्दी सहकारीको क्यालेण्डर सार्वजनिक

  • ५ बैशाख २०७८, आईतवार
  • 1215 पटक पढिएको

म्याग्दी ५ वैशाख । म्याग्दीको चिनारी समेटेर तयार गरिएको नयाँ बर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरिएको छ । काठमाण्डौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले तयार गरेको भित्ते र टेवल क्यालेण्डर बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

म्याग्दीको पर्यटन, कला, संस्कृति , सम्पदा र चिनारीलाई समेटिएको क्यालेण्डर प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र सरकारी कार्यालयका प्रमुखहरु मार्फत सार्वजनिक गरिएको हो । संस्थाका शेयर सदस्य चिरञ्जीवि शर्मा, नेत्र महत, अमर बानियाँ, ज्ञानेन्द्र श्रेष्ठ लगायतको टोलीले प्रजिअ अधिकारीलाई क्यालेण्डर हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा कार्यालय प्रमुख लगायतलाई समेत क्यालेण्डर हस्तान्तरण गरिएको थियो ।


म्याग्दीका सबै वडाहरुको प्रतिनिधित्व हुने गरि काठमाण्डौमा रहेका म्याग्देलीहरुको नेतृत्व र लगानीमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारीले हरेक बर्ष म्याग्दीको चिनारी गराउने गरि क्यालेण्डर प्रकाशन गर्दै आएको संस्थाका सचिब दिप छन्त्यालले बताउनुभयो । उहाँले उक्त क्यालेण्डरलाई काठमाण्डौमा सरकारी कार्यालय, सर्वसाधारण, शेयर सदस्य, ग्राहक र सरोकारवाला निकायमा समेत उपलब्ध गराउने बताउनुभयो ।