प्रथम मोना खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  • ४ बैशाख २०७८, शनिबार
  • 1617 पटक पढिएको

म्याग्दी, ४ बैशाख । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले आयोजना गरेको प्रथम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मोना युईएको आयोजनामा शुक्रबार भएको नेपाली अन्तर संस्था ब्याटमिन्टन प्रतियोगितामा पुरुष लेभलमा (ए ) को उपाधी नेपाल ब्याडमिन्टन कमिती युएई र लेभल बि को उपाधी तनहुँ सेवा समाज जितेको छ ।

२४ टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनलमा नेपाल ब्याटमिन्टन कमिटी युएई (एनविसी) क्लवका हिरालाल श्रेष्ठ र विक्की बुढामगरको टिमले टेक सुनार र मिलन थापाको टिमलाई पराजित गर्दै उपाधी जितेका थियो ।

त्यस्तै लेबल वि फाईनलमा तनँहु सेवा समाज युएईका सुजन अधिकारी र सुदीप कार्कीको टिमले नेपाल ब्याटमिन्टन कमिटी युएईका सुनिल पौडेल र दिपक खड्काको टिमलाई पराजित गर्दै उपाधी जितेको खेलकुद संयोजक किरण खत्रीले जानकारी दिए ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई क्रमश १८/१८ हजार र १२/१२ हजार रुपैयासहित मेडल ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो । नेपाली स्र्पोट्स एण्ड सोसल क्लवका खेलाडी सुर्य राईलाई उदयमान खेलाडीको रुपमा पुरस्कृत गरिएको थियो । विजेता उपविजेतालाई मोना युएईका संरक्षक प्रकाश कार्की र अध्यक्ष सुवास राम्जाली लगायतको उपस्थितमा पुरस्कार वितरण गरिएको थियो ।

मोना युइएका अध्यक्ष राम्जाली अध्यक्षता, संरक्षक कार्कीको प्रमुख आतिथ्यता, नेपाल ब्याडमिन्टन समिती युएईका अध्यक्ष हिरालाल श्रेष्ठको बिशेष उपस्थितमा भएको पुरस्कार वितरण कार्यक्रमको संचालन सचिव नरप्रसाद छन्त्यालको गरेका थिए । विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को सुरक्षा मापडन्ड पालना गर्दैे प्रतियोगितामा संचालन भएको थियो ।