अन्नपुर्ण आरोहणमा पूर्णिमा श्रेष्ठले बनाईन किर्तिमानी

  • ३ बैशाख २०७८, शुक्रबार
  • 1910 पटक पढिएको

म्याग्दी, ३ बैशाख । नेपाली महिला पुर्णिमा श्रेष्ठले अन्नपूर्ण हिमालको सफल आरोहण गरेर किर्तिमानी बनाएकी हुन् । श्रेष्ठसहितको टोलीले शुक्रबार अन्नपूर्ण हिमालको सफल आरोहण गर्दै किर्तिमानी बनाएकी हुन् ।


पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अँकिता र डावुटी शेर्पाले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान कायम गरेका छन् । उनीहरू सेभेन समिट ट्रेकिङ एजेन्सीबाट गएका थिए । सेभेन समिटका अनुसार उनीहरु शुक्रबार बिहान ११.४० मा अन्नपूर्णको चुचुरोमा पुगेका थिए ।

गोरखा आरूघाटकी श्रेष्ठले यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् । फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिल्य अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए ।

उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरेका थिए। अन्नपूर्ण गाउँपालिकाले पूर्णिमाको आरोहणको लागि ५ लाख र गण्डकी प्रदेश सरकारले ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । पूर्णिमाले यसअघि मनास्लु, सगरमाथा र आमादब्लमको सफल आरोहण गरिसकेकी छन्।