म्याग्दी उद्योग वाणिज्य संघ उतकृष्ट शाखाको रुपमा सम्मानित

  • ३० चैत्र २०७७, सोमबार
  • 1099 पटक पढिएको

म्याग्दी, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघले उतकृष्ट शाखाको रुपमा म्याग्दी उद्योग बाणिज्य संघलाई सम्मान गरेको छ। नेपाल उद्योग वाणिज्य संघको २५ औ बार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, महासंघका अध्यक्ष शेखर गोल्छा लगातको उपस्थितमा म्याग्दीलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको हो । संघका अध्यक्ष बेलबहादुर कटुवालले प्रधानमन्त्री ओलीमार्फत उतकृष्ट शाखाको सम्मानपत्र ग्रहण गरेका थिए ।


उद्योग, ब्यापार ब्यवसायको विकास तथा प्रवद्र्धनमा गरेको योगदानलाई मुल्याङ्कन गर्दै गण्डकी प्रदेशको ख बर्गबाट म्याग्दी शाखालाई सम्मान गरेको हो । संघले उद्योग र ब्यापारको क्षेत्रमा गरेको काम, सदस्यहरुसंग आर्थिक र भौतिक काम, स्थानीय सरकारसंग साझेदारी काम, पर्यटन क्षेत्रका प्रचारप्रसार सम्वन्धी कार्यक्रम र महासंघको नीतिमा रहेर शाखा संचालन र संघसंस्थाहरुविच समन्वयबाट गरिएको कामलाई उतकृष्ट मान्दै सम्मान गरेको अध्यक्ष कटुवालले बताए ।

ब्यवसायीहरुले संघप्रति गरेको विश्वासले म्याग्दीलाई यो सफलता मिलेको छ, कटुवालले भने । यस उपलब्धीप्रति सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय सरकार, संघसंस्था, संघका पुर्व अध्यक्ष, संघमा आवद्ध सदस्य लगायतलाई धन्यवाद ब्यक्त गरेका छन् ।