पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल
- २६ चैत्र २०७७, बिहीबार
- 1251 पटक पढिएको
म्याग्दी, २६ चैत । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल विजयी भएका छन् । चैत २५ गते भएको शाखाको छैटौँ अधिबेशनबाट पौडेल विजयी भएका हुन् । दुई समुहको प्रतिस्पर्धात्मक चुनावमा अध्यक्ष प्रत्यासी ठाकुरप्रसाद आचार्यलाई पराजित गर्दै नेतृत्वमा पौडेल पुगेका हुन् ।
शाखाको उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा मालती खत्री, सचिवमा सन्तोष गौतम कोषाध्यक्षमा अमित विश्वकर्मा, खुल्ला सहसचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा साधन राम्जाली र कोषाध्यक्षमा अमित विश्वकर्मा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा कमल खत्री, सन्दीप खत्री, अमृत बास्कुने, सन्दिप रिजाल, कृष्णबहादुर जिसी, नजरानाशिह ठकुरी, पदम विश्वकर्मा, जेनीशा पुरी, सुदर्शन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धात्मक चुनावमा ५८ जना पत्रकारले संघ, प्रदेश र जिल्लाको मतदान गरेका थिए ।