बाग्लुङको बल्देधुरीमा होली खेल्ने क्रममा दुई समूहको झडप, दुई जनाको मृत्यु, केही वेपत्ता
- १५ चैत्र २०७७, आईतवार
- 2603 पटक पढिएको
बाग्लुङ,१५ चैत । बाग्लुङको बडिगार्ड गाउँपालिका-१० बल्देधुरीमा होली खेल्ने क्रममा सामान्य विवादहुँदा दुई समूहको झडपमा परि दुई जनाको मृत्यु भएको छ ।
बाग्लुङ, गुल्मी र प्युठानको सिमाना बडिगार्ड गाउँपालिका-१० बल्देधुरीमा होलीको अवसरमा भएको बनभोज कार्यक्रममा दुई समूहबीचको झडपमा नेपाली काङ्ग्रेसका जिल्ला नेता बर्ष ३६ का प्रकाश कुँवर र उनका साथी बर्ष ३४ का दिपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारि डिएसपि एकवाल हवारिले बताए ।
झडपमा परी केही युवा बेपत्ता भएको प्रहरी स्थानीयद्वारा उनिहरुको खोजीकार्यका भईरहेको वडिगाड गाउँपालिका १० का वडा अध्यक्ष विरेन्द्र बुढाले बताए । अहिले घटनास्थलमा प्रहरीले हराएकाहरुको खोजी गरिरहेको छ ।