बालमन्दिरमा जनप्रतिनिको सम्मान

  • १९ जेष्ठ २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 1601 पटक पढिएको

बेनी, १८ जेठ । बेनी नगरपालीका ८ कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयले बिहीबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष रामकृष्ण बराईली र वडा सदस्यहरुलाई स्वागतका साथै विद्यार्थीहरुलाई पुरस्कार र छात्रवृत्ती समेत वितरण गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख बरुवाल र वडा अध्यक्ष बराईलीले बेनपा ८ को एकमात्र सामुदायीक विद्यालय बालमन्दिरमा मावि तहको पठनपाठन सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरप्रमुख श्रेष्ठ सो विद्यालयको व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत हुनुहुन्छ ।

सो कार्यक्रममा शैक्षिक सत्र २०७३ मा कक्षा प्रथम, दितृय, तितृय हुने र अतिरीत्त क्रियाकलामा उकृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कारका साथै ६४ जना दलित र ३० जना छात्रालाई छात्रवृत्ती वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतको अध्यक्षता र प्रअ सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा कार्यालयका स्रोत व्यक्ति मोहन बानिया, शिक्षक गंगाबहादुर खत्रीले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा जलजला गाउँपालीका ३ पर्वत बेनीका डम्मरबहादुर र उहाँकी श्रीमती राधीका बिकले नौ हजार ५०० रुपैया मूल्य बराबरको ध्वनी सामाग्री सहयोग गर्नुभएको थियो । बिक दम्पत्तीले यसअघि तिस जनालाई कापी कलम वितरण गर्नुभएको थियो ।

सन्तोष गौतम