मुस्लीम समुदायलाई जातीय पोशाक वितरण

  • १८ जेष्ठ २०७४, बिहीबार
  • 1657 पटक पढिएको

म्याग्दी, १८ जेठ । बेनीका मुस्लीम समुदायलाई जातीय पोशाक वितरण गरिएको छ । जिल्ला समन्वय समितिको सहयोगमा रमजान पर्वको अवसरमा पोशाक खरिद गरेर वितरण गरिएको मुस्लीम सेवा समितिले जनाएको छ ।

४० जना विद्यार्थी सहित ७८ जनालाई एकएक जोर का दरले पोशाक वितरण गरिएको समितिका अध्यक्ष रहमद खानले जानकारी दिनुभयो । संस्थापक अध्यक्ष रोजन दिन मियाको बिशेष उपस्थितीमा पोशाक वितरण गरिएको थियो ।

पोशाक खरिदका लागि जिल्ला समन्वय समितिले ५७ हजार १५० रुपैया अनुदान उपलब्ध गराएको थियो । समितिका सदस्यहरुले थप २५ हजार रुपैया जुटाएर पोशाक खरिद गरेका थिए ।