साहीत्यकार शर्माको १३ औ कृती “चिताको काखमा” बिमोचन

  • १८ जेष्ठ २०७४, बिहीबार
  • 2558 पटक पढिएको

म्याग्दी, १८ जेठ । म्याग्दीका अग्रज साहीत्यकार धु्रबलाल शर्माको १३ औ कृती “चिताको काखमा” को बुधबार बेनीमा बिमोचन गरिएको छ ।बेनी नगरपालीका ६ का शर्माले ७० औ जन्मोत्सवको अवसरमा प्रकाशन गर्नुभएको कबिता सङग्रह “चिताको काखमा” को सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बिमोचन गर्नुभएको हो ।

यो कृतीमा सामाजिक र जिवन संघर्षका विषयबस्तुमा आधारीत कबिताहरु रहेका छन् । शर्माले वि.स २०६२ देखि हरेक जन्मदिनमा कृती प्रकाशन गर्दै आउनुभएको छ । उहाँले यसअधि कबिता संग्रह आमाको सम्झना, तस्वीरहरु, प्रतिच्छाया र रक्तरेखा प्रकाशन गर्नुभएको थियो ।

यसैगरी शर्माद्धारा लिखीत कथा संग्रह यौटा कथाको कथा, गितीकाब्य खोरभित्रको स्वर १ र २, कोख र काख (खण्डकाब्य), जीवन जेल यात्रा (संस्मरण), दृष्टि (मुक्तक संग्रह), आक्रात आवाज (आलेख), यात्राका अनुभुती (नियात्रा) प्रकाशन भैसकेको छ ।

म्याग्दी साहीत्य सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षता, सचिव सुसन परियारको सञ्चालन र अमर स्पन्दनको सञ्चालनमा प्रकाश माविको सभाहलमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ आचार्य, साहीत्यकार सारदा सुवेदी, न्यु वेष्ट पोईन्ट आवासीय माविका प्रिन्सीपल लाल रापचा र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापती लेखबहादुर हमालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।