म्याग्दीमा सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो

  • १७ जेष्ठ २०७४, बुधबार
  • 2231 पटक पढिएको

म्याग्दी, १७ जेठ । म्याग्दीको बेनीमा बुधबार सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय र कदम म्याग्दीको आयोजनामा सन्देशमुलक कार्यक्रम गरेर दिवस मनाइएको हो ।

हरेक वर्ष ३१ मे का दिन मनाइने दिवसको यसपालीको नारा “सुर्तीजन्य पदार्थले विकासलाई अबरोध गर्छ” भन्ने रहेको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरेर सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा बजारमा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा गर्ने असर र नियन्त्रणका लागि भएका नितीगत ब्यवस्थाको विषयमा बजारमा पर्चा वितरण गरिएको थियो । कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादव आचार्यले नसर्ने रोगबाट बच्नका लागि धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट टाढै रहनुपर्ने बताउनुभयो ।