लुलाङ र मुनामा पशु स्वास्थ्य शिविरबाट पशुचौपायाको उपचार

  • १६ जेष्ठ २०७४, मंगलवार
  • 3193 पटक पढिएको

म्याग्दी, १७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका– २ लुलाङ र  ३ नम्बर वडा मुनामा पशु स्वास्थ्य शिविर सम्पन्न छ । गुड नेभर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र जिल्ला पशु सेवा कार्यालयको समन्वयमा संगम म्याग्दीको आयोजनामा लुलाङ र मुनामा एक ÷दिन पशु स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

दुबै ठाउँको शिविरबाट करिब ४ हजार पशु चौपायाको उपचार तथा औषधी वितरण गरिएको संगम म्याग्दी, म्याग्दी सामुदायिक विकास परियोजनाकी लद्यु उद्यम विकास अधिकृत धनमायाँ किसानले बताउनुभयो । उहाँका अनुसार, लुलाङमा सम्पन्न शिविरमा ७३ घरधुरीका २ हजार ७० पशु चौपाको लागि आबश्यक पर्ने औषधी वितरण तथा पशु स्वास्थ्य उपचार गरिएको थियो ।
त्यसैगरि मुनामा १ सय १७ घरधुरीका १ हजार ८ सय ६६ वटा पशु चौपायालाई औषधी वितरण तथा उपचार गरिएको थियो । शिविरमा जिल्ला पशु सेवा कार्यालयका  पशु चिकित्सक जिवनप्रसाद आचार्य, पशु सेवा प्राविधिक सुवास रेग्मी सहितको टोलिले कुखुरा, गाई, भैसी, गोरु, घोडा, भेडाबाख्रा खच्चड लगायतका पशु चौपायाको उपचार तथा औषधी वितरण संगै कृषकहरुलाई  पशु स्वास्थ्य सम्बन्धमा परामर्श समेत दिनुभएको थियो ।

मुनामा आयोजित पशु स्वास्थ्य शिविरको वडाअध्यक्ष पुर्मबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।