बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्ने

  • १६ जेष्ठ २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 3609 पटक पढिएको

म्याग्दी, १६ जेठ । बेनी नगरपालीका नवनिर्वाचित जनप्रतिनिधिहरुले सदरमुकाम बेनी बजारमा रहेका ऐतिहाँसीक र धार्मीक स्थलहरुको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्न प्र्राथमिकता दिने बताएका छन् । बेनी नगरपालीका ७ मा रहेको महारानी क्षेत्र विकास समितिले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले बेनी बजारमा रहेका धार्मीक, ऐतिहाँसीक र सांस्कृतीक सम्पदाको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्न प्राथमिकता दिने बताएका हुन् ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले महारानी, शिवालय, बेनी कोत, गलेश्वर, भगवती, लक्ष्मीनारायण लगायतका मन्दिरहरुको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरी धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुभयो ।    म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारको छेउमा भगवती मन्दिर, बिशाल बरको रुखमुनी रहेको शिवालय मन्दिर, धार्मीक महत्वको महारानी थान, लक्ष्मिनारायण मन्दिर, ऐतिहाँसीक बेनी कोतको संरक्षणसंगै प्रचारप्रसारको आवश्यकता रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ ।

नगर उपप्रमुख सञ्जु बरुवाल र बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले समुदाय र सरकारी निकायले सहकार्य गरेर धार्मीक, पर्यटकीय, ऐतिहाँसीक स्थलको संरक्षण गरी बेनीमा भित्र्ने पाहुनाहरुको बसाई लम्बाउन प्राथमिकता दिइने बताउनुभयो ।

सो अवसरमा बेनी नगरपालीकामा नवनिर्वाचित प्रमुख श्रेष्ठ, उपप्रमुख बरुवाल, ७ का अध्यक्ष श्रेष्ठ, ८ का अध्यक्ष रामकृष्ण बराईली, ६ का अध्यक्ष कृष्णबहादुर बानीया लगायत वडा सदस्यहरुलाई सम्मान गरीएको थियो । महारानी क्षेत्र विकास समितिका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षता, सदस्य बलबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष याम शाक्यले आर्थिक विवरण जानकारी गराउनुभएको थियो ।

सन्तोष गौतम