म्याग्दीका स्थानीय तहलाई सरकारले घोषणा गरेको बजेट यस्तो छ !
- १६ जेष्ठ २०७४, मंगलवार
- 3167 पटक पढिएको

म्याग्दी, १६ जेठ । सरकारले सोमबार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । यो बर्षको बजेट सरकारले हालै कार्यान्वयनमा ल्याईएको स्थानीय तह अनुसार ल्याएको हो । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा म्याग्दीका छ स्थानीय तहमा २२ करोड देखि ३५ करोड सम्म बजेट बिनियोजन भएको छ ।
जिल्लामा कुल १ अर्ब ५५ करोड २० लाख बजेट बिनियोजन भएको छ ।स्थानीय तहलाई विनियोजन गरेको बजेटमा निर्शत र सर्शत अनुदान पनि दिइएको छ । बजेट भाषणमा स्थानीय तहको सर्शत अनुदान सहिनको बजेट बाहेक म्याग्दीका विभिन्न योजनाहरूमा समेत बिनियोजन भएको छ ।
सरकारले म्याग्दीमा सबैभन्दा धेरै बेनी नगरपालिकामा ३५ करोड ८९ लाख ९६ हजार बजेट बिनियोजन गरेको छ । त्यसैगरि धौलागिरी गाउँपालिकामा २५ करोड ३० लाख २७ हजार, मालिका गाउँपालिका २४ करोड ८० लाख ४१ हजार, रघुगंगा गाउँपालिका २४ करोड ७५ लाख ५२ हजार, मंगला गाउँपालिका २२ करोड १७ लाख ८३ र अन्नपूर्ण गाउँपालिका २२ करोड २६ लाख ८७ हजार बजेट बिनियोजन गरेको छ ।