स्वर्गिय वुवाको स्मृतिमा बाल गृहमा रहेका बालबालिकालाई सहयोग

  • १५ जेष्ठ २०७४, सोमबार
  • 1507 पटक पढिएको

म्याग्दी, १५ जेठ ।म्याग्दीमा रहेको बाल गृहका बालबालिकालाई बेनि नगरपालिका ७ का एक परिवारले आफ्ना आफन्तको स्मृतिमा सहयोग गरेका छन् । स्वर्गिय बुवा केशव गौतमको एक बर्षको पुन्य तिथिमा हाल जापानमा रहेकि साहिली छोरी यशोदा गौतम त्रिपाठीले १५ हजार बराबरको कपडा र खाजाको समान हस्तातरण गरिएको गर्नुभएको हो ।

बालगृहमा हाल १० जना बालबालिका रहेका छन् । कार्यक्रममा स्वर्गिय गौतमकी श्रीमती डील कुमारी गौतम र भाई बिष्णु गौतम, छोरी लक्ष्मी गौतम, कमला लगाएतले उक्क्त समान बालबालिकालाई सहयोग हस्तारण गर्नुभएको थियो ।

बालगृहका अध्यक्ष नेत्र महतले गौतम परिवारले गरेको सहयोगले बाल गृहलाई सहयोग मिलेको बताउदै यस्तो सहयोगले सबैलाई अनाथ बालबालीकालाई सहयोग गर्ने मन आउने बाताए । बालगृहका कोषाअध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता महलको रहेको थियो ।