गणतन्त्र दिवसको अबसरमा म्याग्दीका दुई जनाको कैद मिनाह

  • १५ जेष्ठ २०७४, सोमबार
  • सन्तोष गौतम
  • 4909 पटक पढिएको

म्याग्दी १५ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा जिल्ला कारागार शाखा म्याग्दीमा रहेका दुई जनाको बाँकी कैद सजाय मिनाह भएको छ ।

म्याग्दीको मालीका गाउँपालीका ४ का टकबहादुर बिक र बागलुङको ढोरपाटन नगरपालीकाको बुर्तीवाङका नाईटे कामीको बाँकी कैद सजाय मिनाह गरी रिहा भएको कारागार शाखाले जनाएको छ ।

सरकारको निर्णय अनुसार कर्तब्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरीरहेका उनिहरुलाई सोमबार कैदमुक्त गरीएको कारागार शाखा प्रमुख नविन सुवेदीले जानकारी दिनुभयो ।
असल चालचलन भएको र चालीस प्रतिशत कैद अवधि भुक्तान गरेका कैदीहरुलाई सरकारले दिवस तथा पर्वको अवसर पारेर कैद मिहान गर्दै आएको छ । २५ जनाको क्षमत्ता रहेको जिल्ला कारागार म्याग्दीमा हाल दुई महिला सहित ८६ जना कैदीबन्दी रहेका छन् ।

सन्तोष गौतम