मन्त्रीपरिषद पुनर्गठन : बिष्णु पौडेल बने अर्थमन्त्री, कृष्णगोपाल सहरी विकास

  • २८ आश्विन २०७७, बुधबार
  • 1131 पटक पढिएको

म्याग्दी २८ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । मंगलवार राष्ट्रपती कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको हेरफर र नयाँ नियुक्त गरिएको छ । बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ भने यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसैगरी लिलानाथ श्रेष्ठ महिला मन्त्री बनेका छन् ।