करेन्ट लागेर दुई बर्षिय बालकको मृत्यु

  • १३ जेष्ठ २०७४, शनिबार
  • 3519 पटक पढिएको

म्याग्दी, १३ जेठ । म्याग्दीको मंगला गाउँपालिका– २ बावियाचौरमा करेन्ट लागेर शनिवार एक बालकको ज्यान गएको छ । स्थानीय खिमबहादुर घर्तिमिरेको दुई बर्षिय छोरा नविन घर्तिमिरे को घरमा खेल्दै गर्दा विजुलिको तारमा छोइएपछि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई तले घरको छतमा  बेनी नगरपालिका–५ घर भई आफ्नो दिदीको घरमा गएका ११ बर्षका हिमाल किसान संग खेल्दै गर्दा खेलाउने सामान नजीकै रहेको बिजुलिको तारमा अल्झिएपछि सो सामान निकाल्ने क्रममा उनीहरु दुबै जनालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर शक्त घाईते  बालकको उपचारको क्रममा स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता करेन्ट लागेर घाईते भएका अर्का बालक हिमाल किसानको भने स्थानीय मेडिकलमा उपचार भईरहेको छ भने उनको स्वास्थ्य अबस्था खतरामुक्त रहेको बताइएको छ ।