जलविद्युत सम्बन्धी कार्याशाला गोष्ठि सुरु

  • १२ जेष्ठ २०७४, शुक्रबार
  • 2062 पटक पढिएको

बेनी १२ जेठ । म्याग्दीको बेनीमा शुक्रबारदेखि जलविद्युत विकासमा सहमती एवं जलविद्युत समाचार संकलनमा क्षमत्ता अभिवृद्धी कार्यशाला गोष्ठि सुरु भएको छ ।

नर्वेजीयन दुतावास काठमाडौ र निती फाउण्डेशनको सहयोगमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठिमा जलविद्युत आयोजनाका प्रर्वद्धक, सम्बद्ध सरकारी निकायका प्रतिनिधिका साथै म्याग्दी, बागलुङ र पर्वतमा कार्यरत पत्रकारहरुको सहभागीता रहेको छ ।

नेपालमा जलविद्युत विकासको अवस्था, सम्भावना र चुनौतीको विषयमा सरोकारवालाहरुबीच छलफलको माध्यमबाट आयोजना निर्माणमा अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ईपानका पुर्व अध्यक्ष खड्गबहादुर बिष्टले संस्थाको बारेमा जानकारी गराउँदै पछिल्लो समय नेपालमा जलविद्युत विकास र लगानीको वातावरण बन्दै गएको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सम्भावना बोकेको जलविद्युतलाई फाईदा लिन राज्य, लगानीकर्ता र समुदायले काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

ईपानका कोषाध्यक्ष आनन्द चौधरीले देशभित्र जलविद्युत आयोजनाको निर्माणसंगै त्यसको खपत र बिदेश निकासीका लागि सरकारले कुटनिटीक पहल गर्नुपर्ने बताउनुभयो ।  संस्थाका सदस्य तथा मुस्ताङमा निर्माणाधिन थापाखोला जलविद्युत आयोजनाको प्रर्वद्धक माउन्ट कैलाश ईनर्जी प्रा.लीका भरत खड्काले वन सम्बन्धि ऐन कानुन र झञ्जटीलो प्रक्रिया संसोधनको आवश्यकता रहेको बताउनुभयो ।

काठमाडौ विश्व विद्यालयका सहप्रध्यापक नवराज खतिवडाले जलविद्युत आयोजनाहरुको वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा आयोजना र समुदायले प्रभावीत क्षेत्रको वास्तवीकतामा ध्यान दिनुपर्ने बताउनुभयो । सो कार्यक्रममा पत्रकार भिम गौतम र लक्ष्मण बियोगीले जलविद्युत सम्बन्धि समाचार संकलन र लेखनको बिषयमा जानकारी गराउनुभएको थियो ।