सहमतीय प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान
- ११ जेष्ठ २०७४, बिहीबार
- 1871 पटक पढिएको
काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपति कार्यालयले ७ दिनको समय सीमा तोकेर सहमतीय सरकार गठनको प्रक्रिया अघि बढाएको हो।
बिहीबार उनले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई उनले आह्वान गरेकी हुन्।
काँग्रेस-माओवादी गठनबन्धनमा प्रधानमन्त्री बनेका दाहालले बुधबार पद त्याग गरेका थिए।