पहिरोले घर पुर्दा बागलुङमा तीन जनाको मृत्यु

  • १३ श्रावण २०७७, मंगलवार
  • 806 पटक पढिएको

बागलुङ,१३ साउन ।  गयराति अविरल वर्ष संगै गएको पहिरोले घर पुर्दा बागलुङमा तीनजानको मृत्युभएको छ ।  जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुर्दा उहाँका १३ बर्षिय छोरा खिम बहादुर बिक र १२ बर्षिया छोरी रिता बिकको मृत्यु भएको हो । मृतकहरुकी आमा होम कुमारी बिक घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यस्तै जिल्लाको निसीखोला गाउँपालिका–१ मा पहिरोले घर भत्किदा ५ बर्षिय समिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । यस्तै निसीखोला गाउँपालिकामा अन्दाजी ६० बर्षिया एक महिलाको शव खोला किनारमा फेला परेको र हाल सम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

आदर्श अनलाईन साभार