नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय नाघ्यो, एकैदिन ६७१ जनामा संक्रमण पुष्टि

  • ४ असार २०७७, बिहीबार
  • 2252 पटक पढिएको

म्याग्दी ४ असार । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्ंया ७ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।


मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७,८४८ पुगेको जानकारी दिए । यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ । यसैबिच नेपालमा यसैबीच नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।