रघुगंगा गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

  • ५ जेष्ठ २०७४, शुक्रबार
  • 3936 पटक पढिएको

म्याग्दी, ५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले शुक्रवार सपथ ग्रहण गरेका छन् । रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कँुईकेलले नवनिर्वाचित गाउँपालिका प्रमुख भबबहादुर भण्डारी, उपप्रमुख कमला तिलिजा सहित ८ वटै वडाका अध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

सो क्रममा वडा एकका अध्यक्ष बिलबहादुर फगामी, वडा दुईका अध्यक्ष रिक कटुवाल, वडा तिनका अध्यक्ष जिवन मल्ल, वडा चारका अध्यक्ष एकबहादुर गर्वुजा, वडा पाँचका अध्यक्ष मनबहादुर शेरपुञ्जा, वडा ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, वडा ७ का अध्यक्ष देउबहादुर पुन (दुर्गा) , वडा ८ का अध्यक्ष गमान छन्त्यालले समेत सपथ ग्रहण गर्नुभएको थियो । सो क्रममा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले कार्यभार समेत सम्हाल्नुभएको थियो । यसैबिच गाउँपालिकामा रहेका वडाहरुमा निर्वाचित सदस्यहरुलाई भने गाउँपालिका प्रमुखले सपथ ग्रहण गराउने बताईएको छ ।