बेनीमा एमालेकोे बिजय उत्सव ( फोटो फिचर)

  • ५ जेष्ठ २०७४, शुक्रबार
  • 4303 पटक पढिएको

म्याग्दी, ५ जेठ । स्थानीय तहको निर्वाचनमा म्याग्दीका दुई वटा स्थानीय तहको अध्यक्ष, तिन वटाको उपाध्यक्ष र २३ वटा वटामा जित हाँसील गरेको नेकपा एमालेले शुक्रबार बेनीमा बिजय उत्सव मनाएको छ ।

एमालेले बेनी बजारमा बाजागाजा सहित ¥याली निकालेको थियो । एमालेको तर्फबाट उम्मेदवार बनी बिजयी भएका जनप्रतिनिधिहरुको समेत सहभागितामा निकालिएको ¥यालीमा एमालेका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुले नाचगान गरि खुसीयाली बनाएका थिए भने ¥यालीले बेनीबजार परिक्रमा गरेको थियो ।              

¥यालीका क्रममा बजार बासीले बिजयी जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेका थिए भने बिजयीहरुले मतदातालाई धन्यबाद समेत ज्ञापन गरेका थिए । सो कार्यक्रम मार्फत एमालेले आफ्ना उमेद्वारलाई धन्यवाद दिएको छ । ¥याली पछि आयोजित कार्यक्रममा बोल्दै एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले नगर प्रमुख जित्दैमा घमण्ड नदेखाउन नेपाली काँग्रेसलाई चेतावनी दिनुभयो । 

 

उहाँले नगरपालीकाको दश मध्य ८ वटा वडा एमालेले बिजयी प्राप्त गरेको भन्दै एमालेको सर्मथन बिना कुनै निर्णय हुन नसक्ने भन्दै एमालेकै  निती, कार्यक्रम र योजना लागू हुने दावि गर्नुभयो ।

सो क्रममा कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर कमीटी अध्यक्ष समेत रहनुभएका बेनी नगरपालीकाको मेयरका उमेद्वार प्रमोद श्रेष्ठले अंकगणीतमा केही मतले प्रमुख पदमा पुग्न नसकेपनि निराश नहुन आग्रह गर्दै चुनाव प्रचारका क्रममा गरेका प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

कार्यक्रममा     ६ नम्बर वडा अध्यक्षमा निर्वाचित कृष्णबहादुर बानियाले प्रतिवद्धता मन्तब्य व्यक्त गर्दै जनताले गरेको विश्वास र मतको सम्मान गर्दै जनताको सेवा, विकास र समृद्धीलाई प्र्राथमिकता दिने बताउँदै सहकार्यको बाटो खुल्ला रहेको बताउनुभयो । प्रचार बिभाग प्रमुख सुरत केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिवालय सदस्य कृष्ण बिकले स्वागत गर्नुभएको थियो ।  

बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा धौलागिरी गाउँपालीको अध्यक्ष र उपाध्यक्षमा एमालेका थमसरा पुन, रेशम छन्त्याल, मंगला गाउँपालीकाको अध्यक्षमा सतप्रसाद रोका, उपाध्यक्षमा सिर्जना केसी र मालीका गाउँपालीको उपाध्यक्षमा खरमाया बिटालु निर्वाचित हुनुभएको थियो ।   

बेनी नगरपालीकामा राप्रपासंग तालमेल गरेर मेयरको उमेद्वार बन्नुभएका प्रमोद श्रेष्ष्ठ काँग्रेस माओवादी गठबन्धनबाट काँग्रेसका उमेद्वार हरीकुमार श्रेष्ठसंग ४४ मतान्तरले पराजित हुनुभएको थियो ।

एमाले संगको तालमेलमा राप्रपाबाट उपमेयरको उमेद्वार बन्नुभएकी सञ्जु बरुवाल माओवादी केन्द्रकी ज्योती लामीछानेलाई ३४ मतले पछि पार्दै बिजयी हुनुभएको थियो । बेनपाको ८ वटा वडामा एमालेका उमेद्वारले जित हाँसील गरेका थिए ।