स्थापनाको २५ औँ बर्षगाँठको अबसरमा वेष्ट प्वाइन्टद्धारा रजत जयन्ती बर्ष मनाउन सुरु

  • ५ जेष्ठ २०७४, शुक्रबार
  • 2739 पटक पढिएको

म्याग्दी, ५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले स्थापनाको २५ औँ बर्षको अबसरमा यो बर्षलाई रजत जयन्ती बर्षको रुपमा मनाउन सुरु गरेको छ । निजी क्षेत्रबाट २०४९ पुस १ गते स्थापना भएको विद्यालयले यो बर्षभरी नै विभिन्न कार्यक्रम गरि रजत जयन्ती बर्षको रुपमा मनाउन सुरु गरेको हो । शुक्रवार विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा वेष्ट प्वाइन्ट एजुकेशन फाउनडेसन प्रा.लि.का अध्यक्ष शिबकुमार श्रेष्ठले विद्यालयको बार्षिक कार्यक्रम सहित अन्य कार्यक्रमहरु थप गरि रजत जयन्ती बर्ष मनाउन सुृरु गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्यालयले, २०७४ सालभरी नै रजत जयन्तीको अबसरमा विविध कार्यक्रमहरु आयोजना गरेको छ । रजत बर्षको अबसरमा विद्यालयको प्रभात विशेषाङ्क प्रकाशन, अञ्चल स्तरीय विज्ञान प्रदर्शनी, जिल्ला बालभेला आयोजना, बृक्षारोपण र बाटिका निर्माण, बाल प्रभात कथा  संग्रह प्रकाशन गरिनेछ । त्यसैगरि रजत बर्ष स्तम्भ निर्माण,  मावि स्तरीय छात्रा फुटवल प्रतियोगिता आयोजना,  रक्तदान, शिक्षा सम्बन्धि कार्यशाला गोष्ठी, निम्त शिकाई उपलब्धी भएका सामुदायिक विद्यालयसंग सहकार्य लगायतका कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार आगामी मंसिर २४ गतेदेखि पुष १ गतेसम्म बिशेष रजत जयन्ती सप्ताह समेत आयोजना गरिएको छ । कार्यक्रममा विद्यालयका सञ्चालक सुदर्शनकुमार श्रेष्ठले कक्षा नर्सरी देखि ३ कक्षा सम्म १०४ जना विद्यार्थिबाट पठनपाठन सुरु गरेको विद्यालयले धेरै सक्षम,  क्षमतावान र योग्य विद्यार्थी उत्पादन गरिसकेको बताउनुभयो । उहाँले वेष्ट प्वाइन्टले जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै सञ्चालकहरुले समेत मुनाफा भन्दा विद्यार्थीको शैक्षिक गुणस्तरमा ध्यान दिएको कारण उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विद्यालयलाई स्थापित गराउन सफल भएको बताउनुभयो ।
मन्टेश्वरीदेखि स्नातक तहसम्मको पठनपाठन सञ्चालन हुँदै आएको यस विद्यालयमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत रहेका छन भने १ सय १० जनाले पत्येक्ष रुपमा रोजगार समेत पाएका छन् । विद्यालयका प्रिन्सिपल डाक्टर लाल रापचाले विद्यार्थिहरुलाई नियमित पठनपाठनसंगै अनुसाशित र आचरणयुक्त बनाउनका लागि नागरिक शिक्षा संगै स्वास्थ्य, सरसफाई, मितव्यतिता, लगायतको बारेमा अतिरिक्त शिक्षा दिन थालिएको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका मिडिया हब संयोजक कृष्ण जिसीले विद्यालयले रजत जयन्तीको अबसरमा आयोजना गरेका कार्यक्रमहरुको महत्वबारे चर्चा गर्दै कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।