मालीका ५ मा काँग्रेस र ६ मा एमाले बिजयी

  • ३ जेष्ठ २०७४, बुधबार
  • 2407 पटक पढिएको

म्याग्दी, जेठ । म्याग्दीको मालीका गाउँपालीका ५ देविस्थानको वडा अध्यक्षमा नेपाली काँग्रेसकी पिपला बुढाथोकीले ७७१ मत ल्याएर निर्वाचित हुनुभएको छ । बुढाथोकीका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तीले ५३७ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेपाली काँग्रेसका राजमती बुढा, लालकुमारी रसाईली, भिम पुन र दिलबहादुर पुन निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई हजार १४५ मतदाता रहेको देविस्थानमा एक हजार ४०५ जनाले मतदान गरेका थिए । मालीका ६ दरवाङको वडा अध्यक्षमा नेकपा एमालेका सन्तनाथ जैसीले ५५५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जैसीका प्रतिस्पर्धी नेपाली काँग्रेसका शिवनारायण फगामीले ४५८ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा एमालेका गौमती चपाई, बिष्णु सुनार, करणबहादुर रोका र पथबहादुर रोका निर्वाचित हुनुभएको छ ।

एक हजार ७०६ जना मतदाता रहेको दरवाङमा एक हजार १५३ मत खसेको थियो । मालीका गाउँपालीकाको ६ वटा वडाको मतगणना सकिदा सम्म गाउँपालीका अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोकाको दुई हजार ५६५, एमालेका बेगप्रसाद गर्बुजाको दुई हजार २९० र नेकपा माओवादी केन्द्रका कमल केसीको ८६० मत रहेको छ ।

उपाध्यक्षमा काँग्रेसकी बिमला रोकाको दुई हजार ५२१, एमालेकी खरमाया बिटालुको दुई हजार ३७५ र माओवादी केन्द्रकी गौरी सेञ्चुरीको ८६२ मत रहेको छ । मालीका गाउँपालीका ७ बिमको मतगणना गर्न बाँकी छ ।

मालीका १ निस्कोटमा काँग्रेसका टंक पुन, २ रुममा एमालेका नरबहादुर पुन, ३ डाँडागाउँमा एमालेका हेमबहादुर पुन र ४ ओखरबोटमा माओवादी केन्द्रका दिलीप शेरचन निर्वाचित हुनुभएको छ ।