भिम माबिले मनायो बिजयी उत्सव (तस्बिर सहित)

  • २७ माघ २०७६, सोमबार
  • 3481 पटक पढिएको

यामनाथ पौडेल
म्याग्दी २७ माघ । म्याग्दीको मालिका गाउपालिका –५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । साविक विजेता समेत रहेको भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक प्रतियोगिताको उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा सहित परिक्रमा गरेको थियो भने आइतबार आफ्नै विद्यालयको प्राङ्गणबाट सुरु भएको ¥याली पन्थोक र जुग्जा परिक्रमा गरि खुसियाली मनाएको थियो ।

परिक्रमा लगत्तै भिम माध्यमिक विद्यालयको प्राङ्गणमा विजेता तथा सहभागी खेलाडीलाई सम्मान तथा पुरुस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो । मालिका गाउँपालिका वडा ५ की अध्यक्ष पिपला बुढाथोकीको प्रमुख आथित्यमा खेलाडीलाई सम्मान तथा पुरुस्कार बितरण गरिएको थियो । प्रमुख आतिथी बुढाथोकीले खेल स्वास्थको लागी खेलाडी राष्ट्रको लागी रहेको बताउदै भिम माध्यमिक विद्यालयले विद्यार्थीको सहि प्रतीभाको छनोत गरेकोमा धन्यवाद व्यक्त गर्दै दिनुभएको थियो ।

अध्यक्ष बुढाथोकीले ब्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप नगद बिसहजार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुवेदार दिल बहादुर पुनलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालयले पुर्वघोषित पुरस्कार अनुसार स्वर्ण बिजतालाई सात सय रुपैयाँ , रजत विजेतालाई पाँच सय रुपैयाँ र कास्य विजेतालाई तिन सय रुपैयाँको दरले पुरस्कार वितरण गरेको थियो । गाउपालिका स्तरमा नै सर्वाधिक ४ स्वर्ण बिजेता खेलाडी रचना सुनार सहित सम्पुर्ण खेलाडीलाई सम्मान गरिएको थियो ।

साथै सोहि अवसरमा स्थानीय आमासमुह , विद्यालय र युवाक्लवले पनि खेलाडीलाई अविर र फुलमालाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा भिम माध्यमिक विद्यालयलाई लगातार पहिलो र दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिताउन अहम् भुमिका निर्बाह गरेकोमा खेल शिक्षक कुम बहादुर फगामीलाई नगत र कदरपत्र सहित सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुवेदार दिल बहादुर पुनको अध्यक्षता, मालिका गाउपालिका वडा ५ की वडा अध्यक्ष बुढाथोकीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष निमबहादुर पुनको बिशेष उपस्थिति ,प्रअ डम्बरबहादुर घर्ती मगरको बधाई तथा शुभकामना मन्तव्य , शिक्षक नर बहादुर विश्वकर्माको स्वागत र शिक्षक यामनाथ पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।