मालिका गाउँपालिका–४ मा माओवादी केन्द्र बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 6317 पटक पढिएको

म्याग्दी, २ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको वडा अध्यक्षमा नेकपा (माओवादी केन्द) का दिलिप शेरचन विजयी हुनुभएको छ । कुल ८ सय ५२ मत खसेको यस वडामा शेरचनले ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । शेरचनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधीलाल जैसीले १८३ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा माओवादी केन्द्रका मनरुपा घर्ती, सिता श्रीपाली, उदबिर रसाईली र काँग्रेसका याम बहादुर पुन निर्वाचित हुनुभएको छ । वडाअध्यक्षमा निर्वाचित शेरचन गाउँको विकास निर्माण र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । ४ वटा वडाको मतगणना हुँदा मालीका गाउँपालीको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार २८७ र एमालेका बेगप्रसाद गर्बुजाले एक हजार २७२ तथा उपाध्यक्षमा काँग्रेसकी बिमला रोकाले एक हजार २८७ र एमालेकी खरमाया बिटालुले एक हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।