अन्नपुर्ण महोत्सव : अध्यक्ष कप महिला भलिबलको उपाधी नारच्याङलाई

  • १९ माघ २०७६, आईतवार
  • 3550 पटक पढिएको

 

म्याग्दी १९ माघ । अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा संचालित अन्नपुर्ण महोत्सवमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शनिबार भएको महिला भलिबल प्रतियोगिताको उपाधी वडानम्वर ४ नारच्याङले जितेको छ । नारच्याङले वडानम्वर ३ दानालाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । दाना उपविजेता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत शुक्रबार भएको प्रौढ भलिबलमा राम्चे प्रथम र हिस्तान दोस्रो भएका छन् ।आईतबारदेखि पुरुष भलिबल संचालन हुने आयोजकले जानकारी दिएका छन् । प्रौढ भलिबलमा बिजेता र उपबिजेतालाई २५ हजार रुपैयाँ पुरस्कारको साथमा ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले बताए ।

पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार प्रदान गरिने जनाएका छन् ।सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने छ ।

सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए ।नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो । सो पदमार्गको मौरिज हार्गोज टे«ल नामाकरण गरिएको छ ।
शनिबार भएको प्रतियोगिताको अवलोकन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला समन्वय अधिकारी लगायतले अवलोकन गरेका थिए।