हरियाली ग्रुपको प्रथम साधारण सभा

  • २८ मंसिर २०७६, शनिबार
  • 2592 पटक पढिएको

 

म्याग्दी, २८ मंसिर । जिल्लाको बेनी नगरपालिका–४ सिंगामा संचालित हरियाली ग्रुपको प्रथम साधारण सभा शनिबार सिंगामा सम्पन्न भएको छ । हालसम्म ९ करोड लागनी रहेको प्रविधिमैत्री नयाँ मोडलको कृषि फार्मको बार्षिक गतिविधि सभावाट सार्वजनिक गरिएको थियो ।हरियाली ग्रुपकी अध्यक्ष चिनीमैया श्रेष्ठ (सुजता) को अध्यक्षतामा भएको सभाको उद्घाट्न जेष्ठ जग्गाधनी किसान दुधदेवी पाध्याले गरेकी थिईन । जग्गाधनी कृषकहरु र लगानी कर्ताहरु मिलेर संचालन गरिएको हरियाली ग्रुपको अवधारण राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले सभामा प्रस्तुत गरेका थिए ।

उनले परम्परागत रुपमा रहेको कृषि खेतीले न्युन उत्पादन र आयातमा बृद्धि र बेरोजगारी सिर्जना गरेको बताउदै यसलाई न्युनिकरण गर्न हरियाली ग्रुपमार्फत सामुहिक रुपममा ब्यवसायीक खेतीको विकास गर्न यो फार्म संचालन गरिएको बताए । श्रेष्ठले युवाहरुलाई उत्पादनमुलक रोजगारीमा जोड्न हरियाली फार्मको मुख्य उद्देश्य रहेको जानकारी दिए ।२०७४ साल फागुनदेखि सुरु भएको पाईलट प्राजेक्टमा १३ करोड लगाानी पु¥याउने लक्ष रहेको बताए । २० जनाले १ करोड ९५ लाख लगानी र ३४ जना कृषकको १ सय ५० रोपनी जग्गा भाडामा लिएर फार्म संचालन गरेका थिए । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्यले संचालन गरिएको हरियाली मोडल फार्ममा १२ टनेलबाट तरकारी फलफूल र पुष्प खेती गरिएको छ । भने १२ हजार लिर्यस कुखुराबाट दैनिक ५ हजार ५ सय अण्डा उत्पादन गरिएको फार्मबाट बार्षितक ३० लाख अण्डा उत्पादन गर्ने लक्ष रहेको जानकारी दिए ।

बोइलर कुखराको मासु म्याग्दी मुस्ताङ, पोखरा र काठमाण्डौ पु¥याउने उद्देश्यले बार्षिक १ लाख ८० हजार केजी मासु उत्पादन लक्ष रहेकोसभामा श्रेष्ठले जानकारी दिए । ५ ओटा पोखरीमा माछापालन, एकसय घारमा माहुरी पालन, बाख्रा र कालिज पालनका लागि खोर निर्माण कार्य भईरहेको बताए । मृग र कस्तुरी पालनका लागि अध्ययन भईरहेको डा श्रेष्ठले सभामा बताए ।२०७६ जेठबाट उत्पादित बस्तु विक्रि गर्न सुरु गरेको हरियाली फार्मले गत आर्थिक बर्षको जेठ र असारको दुइमहिनाबाट २६ लाख १० हजार आम्दानी गरेका थिए । भने भने साउनदेखि मंसिर २४ गतेसम्म तरकारी ८ लाख ७४ हजार, कुखुरा ६१ लाख ६६ हजार, माछा २ लाख ६८ हजार, पुष्प ४८ हजार, अण्डा १३ लाख २७ हजार र अन्य ३ लाख ९५ हजार सहित ९० लाख ८२ हजारको बस्तु उत्पादन गर्दै फार्मबाट विक्रि गरेको सभामा जानकारी गराएका थिए ।

सभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले हरियाली ग्रुपले सफल रुपमा योजनालाई कार्यान्वयन गरेको बताए । केसीले पाइलट प्रोजेक्ट रुपमा संचालित फार्म सफल ब्वसायीहरुको लगानी रहेकोले दिगो रुपमा देशकै नमुना योग्य अवmलोकन गर्ने केन्द्रको रुपमा फार्म विकास हुने विश्वास ब्यक्त गरेका थिए । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेलले युवाहरुलाई कृर्षिमा आकर्षित र सम्भावनाको अध्ययन गर्ने फार्मको रुपमा विकास गर्न आग्रह गरेका थिए । त्यस्तै मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका,सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, भेटेनरी हस्पिटल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशुम, कृषि ज्ञान केन्द्रका अधिकृत गोविन्द्र पाण्डे र प्रधानमन्त्री कृषि आधुनिकरण कार्यालय म्याग्दीका सुर्यप्रसाद बरालले हरियाली ग्रुपलाई नमुना कृषि फार्मको रुपमा विकास गर्न सरकारी निकायबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

जग्गाधनी कृषकहरु सहित कम्पनीले जग्गा चक्लाबन्दी र पूर्वाधार तयार तथा उत्पादन क्षेत्रमा ९ करोड रुपैयाँ लगानी गरिसकेको प्रवन्धक निर्देशक शेरबहादुर केसीले बताए । हरियाली समूहलाई राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले पाँच करोड रुपैयाँ लगानी समेत गरेको छ । ३६ जना कृषकहरुको १६० रोपनी जग्गामा गरेको जिविकापार्जनका खेतीलाई विस्तापित गर्दै संचालन गरिएको र्फाम नमुना तथा अवलोकनको केन्द्र बन्दै गएको छ । भने ४२ जनाले रोजगार समेत पाएका छन् ।
ग्रुपका संचालक मनप्रसाद कडेलको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य संचालक शेरबहादुर केसी, धनलाल जैसी र जग्गाधनी ताराप्रसाद पौडेलले राखेका थिए ।