निर्वाचनको मुखमा म्याग्दीको ज्यामरुककोटमा कस्ले गरायो बिष्फोट !

  • ३० बैशाख २०७४, शनिबार
  • 4421 पटक पढिएको

म्याग्दी, ३० वैशाख । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती ठूलो आवाज सहित बम विष्फोट भएको छ । राती करिब साढे १० बजे अर्जुन मावि मतदान केन्द्र बाहिरको जंगल क्षेत्रमा दुई पटकसम्म ठुलो आवाज आउने गरि विष्फोटक पदार्थ पड्किएको आवाज आएको सो मतदान केन्द्रमा खटिनुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक बालकृष्ण शर्माले जानकारी दिनुभयो ।
‘‘ के विष्फोट भएको हो , अझै एकिन भएको छैन्, मतदान केन्द्र वरपर केही भेटिएको छैन्, नजीकैको जंगल क्षेत्रमा अज्ञात समुहले विष्फोटक पदार्थ पड्काएको हुनसक्ने आशंकामा खोजतलासको कामलाई तिब्र पारिएको छ,’’– प्रहरी नायब निरिक्षक शर्माले भन्नुभयो ।
उहाँका अनुसार अहिलेसम्म कस्ले र किन बिस्फोट गराएको हो भन्ने समेत एकिन भएको छैन् ।

निर्वाचनको वातावरण खलबल्याउनका लागि सर्वसाधारणलाई त्रसित बनाउन निर्वाचन बहिसकार समुहले विष्फोट गराएको हुन सक्ने अनुमान गरेपनि सुरक्षा निकायले उच्च सुरक्षा सर्तकता अपनाएको कारण कुनैपनि त्रासतमा नपर्न प्रहरीले आग्रह गरेको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचनाअधिकृत प्रहरी निरिक्षक दिवाकर घिमिरेले भने ठुलो आवाजमा विष्फोट भएको खबर आएपनि त्यसको आ आधिकारिकरुपमा पुष्टि नभएको बताउँदै आबश्यक अनुसंधान र खोजतलास भईरहेको जानकारी दिनुभयो ।