पिप्लेको मालीकामा एमाले माओवादीको संयुक्त चुनावी सभा

  • २९ बैशाख २०७४, शुक्रबार
  • 2447 पटक पढिएको

म्याग्दी, २९ वैशाख । रघुगंगा गाउँपालीका ३ पिप्लेको मालीकामा बिहीबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी आभसभा गरेका छन् ।

पिप्लेका वडा अध्यक्षका उमेद्वार अर्जुन सुवेदीको अध्यक्षता र माओवादी केन्द्रका श्रीकृष्ण रिजालको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले एउटै मञ्चबाट एमाले माओवादी गठबन्धनका उमेद्वारलाई जिताउन आव्हान गर्नुभयो ।

थापा र पौडेलले रघुगंगा गाउँपालीकाको समस्या समाधान र विकासका लागि एमाले माओवादीले गठबन्धन बनाएको बताउँदै स्थानीय स्तरमा नेताहरु मिलेर अघि बढ्दा विकासले गति लिनेमा जोड दिनुभयो ।

एमालेका जिल्ला उपाध्यक्ष देवेन्द्र केसी, सचिव बालकृष्ण सुवेदी, दिपक कार्की, माओवादी केन्द्रका बिनोद केसी, विश्व सेन, गाउँपालीका अध्यक्षका उमेद्वार एमालेका खिमबहादुर शाही, उपाध्यक्षका उमेद्वार माओवादी केन्द्रका हरी भण्डारी, वडा न. २ भगवतीका वडा अध्यक्षका उमेद्वार रिम कटुवाल, वडा न. २ को सदस्यका उमेद्वार मिनबहादुर भण्डारी (रवीन) र ३ नम्बर वडा सदस्यका उमेद्वार घनश्याम परियारले सम्बोधन गर्दै गठबन्धनको जित सुनिश्चित भएको घोषणा गर्नुभयो ।

कार्यक्रममा सामना सांस्कृतीक परिवारका कलाकार कमला घर्तीमगर, भावना बुढामगर, धौलागिरी लोकतारा शक्ति छिनाल र गायक जिवन कार्कीले गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।