निर्वाचनको लागि सबै मतदान केन्द्रमा पुगे कर्मचारी

  • २७ बैशाख २०७४, बुधबार
  • 2035 पटक पढिएको

म्याग्दी, २७ वैशाख ।स्थानीय तह निर्वाचन गराउन खटिएका मतदान अधिकृतसहितको कर्मचारी टोली सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाको सवै मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीसहितको कर्मचारीको टोलीलाई मंगलवार मुख्य जिल्ला निर्वाचन कार्यालयबाट नियुक्ति तथा मतदान सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यालयबाट प्राप्त निर्वाचन सामाग्रि लिएर बुधवार सम्ममा सबै मतदान केन्द्रका कर्मचारी तथा शुरक्षाकर्मीको टोली सम्बन्धित ठाउँमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बुधबारसम्म सवै ७२ वटै मतदान केन्द्रमा पुगेका निर्वाचन कर्मचारीको टोलिले बिहीबारदेखि मतदाता परिचय पत्र वितरण सुरु गर्ने जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, वैशाख २८ गतेदेखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट सर्वसाधारणलाई आयोगले जारी गरेको मतदाता परिचयपत्र वितरण गरिनेछ । म्याग्दीका दुई मतदान केन्द्रलाई यस पटक अपांगमैत्री बनाईएको अधिकारी पौडेलले जानकारी दिनुभयो ।

बैशाख ३१ गते हुने निर्वाचनमा एक नगरपालिका सहित पाँच गाउँपालिकामा कुल ७१ हजार चार सय ६३ मतदाता रहेका छन् । यता प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचनलाई शान्त र भयरहित बनाउनको लागि आबश्यक सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।