निर्वाचनलाई मर्यादिन बनाउन दलहरु नै प्रतिबद्ध हुनुपर्छः निर्वाचन आयुक्त पौडेल

  • २७ बैशाख २०७४, बुधबार
  • 2001 पटक पढिएको

म्याग्दी, २७ वैशाख । निर्वाचन आयोगका निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गराउन सबै पक्षले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ । निर्वाचनको तयारीबारे सरोकारवालासंग बुधवार बेनीमा छलफल गर्दै आयुक्त सुवेदीले संविधान कार्यान्वयनको पहिलो खुट्कीलोको रुपमा रहेको स्थानीय तह निर्वाचनलाई सम्पन्न गराउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्नुपर्ने बताउनुभयो ।

आयोगले निर्वाचन गराउन सरकार र दलहरुबिचमा समन्वय मात्रै गरेको भन्दै उहाँले सरकारले निर्वाचनलाई लक्षित गरि सुरक्षा व्यवस्था मिलाईसकेको अबस्थामा दलहरुले समेत संयमित भएर निर्वाचनलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न भुमिका खेल्नुपर्ने बताउनुभयो । ‘‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउने दलहरुले नै हो, यसको लागि निर्वाचन आचार संहिता कार्यान्वयन गर्नेहो भने निर्वाचनमा कुनै समस्या आउँदैछ, ’’–आयुक्त पौडेलले भन्नुभयो ।


जिल्लाको शुरक्षा व्यवस्था, निर्वाचनको तयारीबारे बास्तविकता बुझ्न आफु म्याग्दी आएको बताउँदै उहाँले मतदाता परिचय पत्र बिना कसैले पनि भोट हाल्न नपाउने जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा निर्वाचन हुने सबै मतदान केन्द्रमा बैशाख २८ गतेदेखि ३० गतेसम्म मतदाता परिचयपत्र वितरण गरिनेछ । उहाँले स्थानीय तह निर्वाचनले संविधान कार्यान्वयन संगै विभिन्न आन्दोलन, संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरुको रक्षा गरि सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा पु¥याउने धारणा समेत राख्नुभयो । सो क्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीस रामप्रसाद शर्मा र जिल्ला निर्वाचन अधिकारी केदारप्रसाद शर्माले जिल्लाको निर्वाचनको तयारीबारे जानकारी गराउनुभएको थियो ।