पिप्लेमा काँग्रेसका आमसभा सम्पन्न

  • २७ बैशाख २०७४, बुधबार
  • 2317 पटक पढिएको

म्याग्दी, २७ वैशाख । नेपाली काँग्रेसले रघुगंगा गाउँपालिका–३ पिप्लेमा चुनाबी आमसभा बुधवार सम्पन्न गरेको छ । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको चुनाब प्रचार अभियान अन्र्तगत काँग्रेसले सो आमसभा सम्पन्न गरेको हो । वडा नम्बर तिनका वडा अध्यक्ष पदका उम्मेदवार जिबन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका जिल्ला सभापती खमवीर गर्वुजाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट बनाउने र पाखापानी क्षेत्रमा उपकेन्द्र वा अन्य विकल्प मार्फत सेवा दिने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँले भौगोलिक रुपमा बिकटता रहेकाले दुबै तर्फकाट जनतालाई एकअर्कातिर जान समस्या रहेकाले दुबै तर्फका जनतालाई सास्ती नहुने गरि केन्द्रको समस्या हल गर्नका लागि काँग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा साँसद रेशमबहादुर बानीयाँले राखु क्षेत्रको विकासमा काँग्रेसले पहल गर्दै आएको बताउँदै आगामी दिनमा समेत यस क्षेत्रको विकासमा काँग्रेस गम्भिर हुने बताउनुभयो ।

कार्यक्रममा रघुगंगा गाउँपालिकामा प्रमुख पदका उम्मेदवार भबबहादुर भण्डारीले आफुले रघुगंगा गाउँपालिकाको केन्द्र विवाद समाधान र गाउँपालिकाको विकासको निम्ती योजना सहित अगाडी बढेको बताउँदै आफुलाइई बिजयी गराउन आह्वान गर्नुभयो ।

सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य केवी भण्डारी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष मुकुन छन्त्याल, महाधिवेशन प्रतिनिधि धनबहादुर छन्त्याल, वडा ४ का निर्विरोध निर्वाचित सदस्य कृष्ण गर्वुजा, नेपाल दलित संघका बरिष्ट उपाध्यक्ष  इन्द्रबहादुर विक, वडा ३ का दलित महिला सदस्य सम्झना परियार, विक्रम मल्ल लगायतले मन्तव्य राख्नुभएको थियो । शिब केसीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन दिपेन्द्र रिजालले गर्नुभएको थियो । सो क्रममा विभिन्न पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।