दृष्टिविहीनहरु गोप्य मतदात गर्नबाट बञ्चित

  • २७ बैशाख २०७४, बुधबार
  • कमल खत्री
  • 3291 पटक पढिएको

म्याग्दी, २७ वैशाख । म्याग्दीका दृष्टिविहीनहरुले निर्वाचनमा गोप्य मतदान गर्न नपाएको गुनासो गरेका छन् । दृष्टिविहीनहरुको लागि मतदाता शिक्षा सम्बन्धि जनचेतना अभिबृद्धि गर्न मंगलवार बेनीमा आयोजित एक कार्यक्रममा सहभागि दृष्टिविहिनहरुले निर्वाचनमा मतपत्रमा रहेका चुनाब चिन्ह्मा छाप लगाएर मतदान गर्ने निर्वाचन प्रकृया दृष्टिविहिनमैत्री नभएको उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघका केन्द्रिय सदस्य खोमराज शर्माले स्थानीय तहमा निर्वाचन आयोगले अबलम्बन गरेको मतपत्रमा छाप लगाएर मतदान गर्ने निर्वाचनको विधिको कारण दृष्टिविहीननहरुले आफ्नो मत आफैले गोप्य रुपमा हाल्ने अबस्था नगरेको बताउनुभयो ।

  ‘‘ विद्युतिय भोटिङ मेसिन मार्फत मतदान गर्ने व्यवस्था भए दृष्टिविहीनहरुले समेत आफ्नो मत आफै हाल्न सक्थे, अहिले नजीकको आफन्त वा मतदान अधिकृत मार्फत आफ्नो मत जाहेर गर्नुपर्छ, अरु मार्फत मत हाल्दा गोप्य भनिएको मतदान दृष्टिविहिनहरुको लागि पहुँच बाहिर जस्तै भएको छ,’’–उहाँले भन्नुभयो । अन्य व्यक्तिहरुले निर्वाचनमा भोट हाल्दा गोप्य हुने भएपनि दृष्टिविहिनहरुको मतदान भने नजिकको आफन्त वा मतदान अधिकृतले थाहा पाउने भएकाले त्यस्तो किसिमको मतदानले दृष्टिविहिनहरुलाई गोप्य मतदान गर्ने अधिकारबाट बञ्चितीमा पारेको दृष्टिविहिन सन्ध्या छन्त्यालले बताउँछिन् । छन्त्यालले अहिले विद्युतिय भोटीङ मेसिनको निर्वाचन विधि नभएपनि दृष्टिविहिन भएका व्यक्तिहरुले सक्रिय रुपमा स्थानीय निर्वाचनमा मतदान गर्ने जानकारी दिनुभयो ।


सो क्रममा हालै निर्वाचन आयोग मार्फत दृष्टिविहिनहरुको लागि मतदाता शिक्षा सम्बन्धि तालिम लिएर फर्कनुभएका नेपाल नेत्रहिन संघका केन्द्रिय सदस्य खोमराज शर्मा, दृष्टिविहिन सन्ध्या छन्त्याल सहित अपांग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीले दृष्टिविहिन भएका व्यक्तिहरुलाई स्थानीय तह निर्वाचनमा योग्य उम्मेदवारहरुलाई आफ्नो भोट दिएर मतदान गर्न उत्प्रेरित गर्नुभएको थियो ।

उक्त कार्यक्रममा घरपरिवारको बेवास्ता र मतदाता परिचय पत्र बनाउने सुचनाको अभाबको कारण जिल्लाका कतिपय दृष्टिविहिन व्यक्तिहरु मतदाता परिचयपत्र नभएको कारण मतदान गर्नबाट बन्चितिमा परेको भन्दै आगामी दिनमा सम्बन्धित सरोकारवालालाई सो सबालमा ध्यानकर्षण गराउनेमा सहभागिहरुले जोड दिएका थिए । त्यस्तै सोही अबसरमा म्याग्दी बहुमुखी क्याम्पसमा स्थानतक तह प्रथम बर्षको शिक्षा संकायमा उत्कृष्ट हुन सफल दृष्टिविहिन गोपाल खत्री लाई दिलमायाँ शर्मा र दृष्टिविहिन सन्ध्या छन्त्यालले दृष्टिविहिनहरुले लेख्ने बे्रल पेपर पुरस्कार स्वरुप प्रदान गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l