बेनी नगरपालिकाको चुनाबी रौनक, भोट माग्दै घरदैलोमा पुग्न थाले नेताहरु

  • २६ बैशाख २०७४, मंगलवार
  • 3020 पटक पढिएको

म्याग्दी, २६ वैशाख । आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार बनेकाहरुलाई भोट माग्दै दलहरुले चुनाबी कार्यक्रमलाई तिब्र बनाएका छन् । बेनी नगरपालिकामा तालमेल गरी उम्मेदवार उठाएको कारण दलहरुले चुनाबी कार्यक्रमहरु समेत सयुक्त रुपमा गर्ने गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमाले र राप्रपा तथा काँग्रेस र नेकपा माओवादी केन्द्रविच चुनावी तालमेल भएको छ । तालमेल अनुसार नगरपालिकाको मेयरमा एमालेबाट प्रमोद श्रेष्ठ र उपमेयरमा राप्रपाकी सञ्जु वरुवाल चुनावी मैदानमा हुनुहुन्छ ।

यता काँग्रेस र माओवादी गठबन्धनबाट मेयरमा काँग्रेसका हरिकुमार श्रेष्ठ र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेल उम्मेदवार बन्नुभएको छ । बेनी नगरपालिकाको प्रमुख र उपप्रमुखको पद हात पार्नको लागि मुख्य पार्टीहरु तालमेल गरि चुनाबमा होमिएपछि बेनी नगरपालिकाको निर्वाचन थप रोचक बनेको छ । निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई भोट गर्न आह्वान गर्दै दलहरुले चुनाबी सभा तथा घरदैलो अभियान सञ्चालन गरेका छन् । 

यसैबिच मंगलवार  नेकपा एमालेले बेनी नगरपालिका ७ र ८ वडा बेनी बजारमा घरदैलो गरेको छ । पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्वमा गरिएको घरदैलोको क्रममा बेनी नगरपालिकामा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुलाई मतदान गर्न बजारमा रहेका मतदाताहरु सँग आग्रह गरिएको थियो  । यता निर्वाचनमा नजिता आफ्नो पक्षमा पार्नका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारहरु सहितको चुनाब प्रचार समितिले समेत नगरपालिकाको विभिन्न ठाउँमा चुनाब केन्द्रित कार्यक्रम गरिरहेका छन् ।

उनीहरुले मंगलवार बेनी नगरपालिका–९ घतान क्षेत्रमा घरदैलो लगायतका चुनाबी कार्यक्रम गरेका छन् । काउलेगौडा र नेप्टेचौरमा आयोजित चुनाबी सभामा बोल्दै काँग्रेस र माओवादीका उम्मेदवाहरुले नगरपालिकाको चौतर्फी विकासका निम्ती आफुहरु उम्मेदवार बनेको भन्दै निर्वाचतमा मतदान गर्न आह्वान गनुृभयो । नेप्टेचौरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापती खमवीर गर्वुजाले काँग्रेस माओवादी गठबन्धन संविधान कार्यान्वयन र मुलुकको समृद्धिसंग जोडिएको भन्दै तालमेलबाट उम्मेदवार बनेका नगरपालिकाका मेयर र उपमेयरलाई बिजयी गराउन आह्वान गर्नुभयो ।

त्यस्तै कार्यक्रममा मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठ, उपमेयरका उम्मेदवार ज्योती लामिछाने पौडेल, नेपाली काँग्रेसका नेता भुपेन्द्र खड्का, नेत्र महत , अजयमिनल श्रेष्ठ, अनोद श्रेष्ठ, भरतबहादुर रकाल, बालकुमार लामिछाने, सम्मरबहादुर थापा, माओवादी केन्द्रका नेता कृशल पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । त्यस्तै काउलेगौडामा आयोजित कार्यक्रम नेपाली काँग्रेसका नेता डाक्टर भुपेन्द्र खड्काको प्रमुख आतित्यथा,  मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठ, उपमेयरका उम्मेदवार ज्योती लामिछाने पौडेल,  काँग्रेसका पुन्यबहादुर चोखाल, सम्मरबहादुर थापा, लगायतले मन्तव्य राख्नुभएको थियो । वडा नम्बर ९ का वडा अध्यक्षका उम्मेदवार चक्र केसीको अध्यक्षता, माओवादी केन्द्रका कुशल पौडेलको स्वागत र नेविसंघका कार्यबहाक सभापती निर्मल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।